विराटनगरमा दुई पत्रकारसहित थप २२ जनालाई संक्रमण

 Corona_Test

विराटनगर । विराटनगर महानगरपालिकामा दुई पत्रकारसहित २२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।  शुक्रबारसाँझ प्राप्त भएको पछिल्लो पीसीआर परीक्षण रिपोर्टले दुई पत्रकारमा पनि कोरोना रहेको देखाएको हो।

दुवै जना पत्रकार विराटनगरबाट प्रकासित हुने  दैनिक पत्रिकामा कार्यरत छन्। उनीहरुसँगै काम गर्ने अरु पत्रकारले पनि स्वाब संकलन गरिएको छ। बाँकीको भने रिपोर्ट प्राप्त नभइसकेको महानगरपालिकाले जनाएको छ। स्वाब संकलन गरी परीक्षणका लागि दिएकामध्ये केहीमा कोरोनाको लक्षण पनि देखिएको छ।पत्रकारलाई कोरोनाको लक्षण देखिएसँगै उक्त दैनिकले आफ्नो प्रकाशन अनिश्चितकालका लागि बन्द गरेको छ। 

साँझ संक्रमण पुष्टि भएकाहरुमा विराटनगर–२ का चार, विराटनगर–३ का एक, विराटनगर– ५ का एक, विराटनगर –६ का दुई, विराटनगर –७ का तीनजना छन्। त्यस्तै विराटनगर–८ का एका, १० का एक, ११ का एक, १३ का चार र विराटनगर–१४ का एक जनामा संक्रमण देखिएको छ। 

शुक्रबार दिउँसो विराटनगरमा ३३ जनामा संक्रमण पुष्टि भएको थियो। साँझ २२ जना थपिएका हुन्। नयाँ थपिएकासँगै विराटनगरमा संक्रमित हुनेको संख्या दुई सय ४५ पुगेको छ। -अन्नपूर्ण पाेस्ट

Comments

Top