एकैदिन काठमाडाैंमा ५६ संक्रमित थपिए

Corona_Test

काठमाडौं । गत २४ घन्टामा काठमाडौं उपत्यकामा ६२ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

गौतमका अनुसार गत २४ घन्टामा काठमाडौंमा ५६ ललितपुरमा ३ र भक्तपुरमा ३ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा नेपालमा ३७८ जना संक्रमित थपिए भने हालसम्म जम्मा संक्रमित संख्या २२ हजार ५ सय ९२ पुगेको छ । त्यस्तै हालसम्म नेपालमा कोरोनाका कारण ७३ जनाको मृत्यु भएको पनि गाैतमले बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित