भदौ १५ देखिमात्र हवाई उडान र सार्वजनिक यातायात खुल्ने

CCMC

काठमाडौं । हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ १ देखि नखुल्ने भएको छ । यसअघि बसेको मन्त्रिपरिषद्ले भदौ १ देखि नै आन्तरिक र वाह्य उडान तथा लामो दुरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो।

कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को आइतबार बसेको बैठकले सो मिति १५ दिनका लागि सार्न मन्त्रिपरिषदमा प्रस्ताव गर्ने भएको जनाइएको छ । बैठकले आगामी भदौ १५ गतेदेखि पछि मात्र हवाई उडान र लामोदूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ ।

पछिल्लो समय कोरोनाको संक्रमण दर र मृत्युदर समेत बढ्दै गएको अवस्थामा हवाई उडान र लामो दुरीका यातायात सञ्चालन गर्ने मिति सार्ने निर्णय भएको उनले बताए।

सिसिएमसीले गरेको प्रस्तावलाई मन्त्रिपरिषद बैठकले पास गरेपछि मात्रै यो कार्यान्वयन हुनेछ। मन्त्रिपरिषदको बैठक भोलि बस्नेछ।

 

Comments

Top