२४ घन्टामा कोरोनाः भारतमा सबैभन्दा धेरै मृत्यु, संक्रमित संख्या २२ लाख नाघ्यो

ind

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा नयाँ संक्रमित र मृतकको संख्या सबैभन्दा धेरै देखिएको छ । पछिल्लो तथ्यांकअनुसार भारतमा हालसम्म २२ लाख १४ हजार १ सय ३७ जना संक्रमित पुगेका छन् भने ४४ हजार ४ सय ६६ जनाले ज्यान गुमाइसकेका छन् ।

भारतमा गत २४ घन्टामा ६२ हजार १ सय १७ नयाँ संक्रमित देखिएका छन् भने १ हजार १३ जनाले ज्यान गुमाएका छन् । जुन संख्या विश्वका अन्य मुलुकको तुलनामा सबैभन्दा धेरै हो ।

पछिल्लो २४ घन्टामा २ लाख १२ हजार १ सय १२ जना नयाँ संक्रमित थपिएसँगै विश्वमा हालसम्म संक्रमित हुनेको संख्या २ करोड ९ हजार ६१ पुगेको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा गत २४ घन्टामा ४ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ । हालसम्म विश्वभर कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ७ लाख ३३ हजार ३ सय ६० पुगेको छ ।

हालसम्म अमेरिकामा सबैभन्दा धेरै संक्रमित र मृतक देखिएका छन् । अमेरिकामा हालसम्म ५१ लाख ९९ हजार ४ सय ९ जना संक्रमित देखिएका छन् भने १ लाख ६५ हजार ६ सय ७ जनाको मृत्युु भइसकेको छ । त्यस्तै ब्राजिलमा ३० लाख ३५ हजार ५ सय ८२ संक्रमित र १ लाख १ हजार १ सय ३६ मृतक पुगेका छन् ।

हालसम्म विश्वमा कोरोनामुक्त हुनेको संख्या १ करोड २८ लाख ८६ हजार ९ सय १७ पुगेको छ ।

Comments

Top