देशभर थप ३३८ मा कोरोना पुष्टी, संक्रमित संख्या २३ हजार नाघ्यो

Corona_Update

  काठमाडौं । नेपालमा थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ३१० पुगेको छ ।

कोरोना संक्रमण निको भइ १६ हजार ४९३ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९ पुगेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comments

Top