काठमाडौं । सरकारले हवाई उडान र लामो दुरीका यातायातलाई भदौ मसान्तसम्मका लागि रोक लगाएको छ। यसअघि सरकारले भदौ १ गतेदेखि यातायात र हवाई उडान खुल्ला गर्ने निर्णय गरेको थियो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण बढेकाले हवाई उडान र लामो दुरीका यातायात स्थगित गर्ने निर्णय गरेको जनाइएको छ ।
त्यस्तै उपत्यका प्रवेशमा कडाई गर्नुका साथै उपत्यकामा चलिरहेका सार्वजनिक यातायात पनि बन्द गरिने निर्णय भएको स्रोतले जनाएको छ ।
त्यस्तै बैठकले काठमाडौंमा भेला-समारोहमा पनि रोक लगाइएको र जात्रा-मेलाहरू पनि रोकिएको जनाइएको छ ।
यस्तै, बैठकले शिक्षण संस्थाको पठनपाठन अर्को निर्णय नभएसम्मका लागि बन्द नै गर्ने निर्णय गरेको छ। यसअघिको निर्णय अनुसार बन्द रहेका सेवाहरु बन्द नै रहने निर्णय पनि बैठकले गरेको छ।
Comments