जनकपुरमा एक संक्रमित वृद्धको मृत्यु

Died_Corona1

जनकपुरधाम । जनकपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरका विदेह नगरपालिका–८ का ६० वर्षीय वृद्धको मृत्यु भएको जनाइएको छ ।

उनलाई कोरोना भाइरसको परीक्षणमा पोजेटिभ देखिएपछि गत साउन ८ गतेदेखि ओइसोलेसनमा उपचार सुरु भएको थियो।

मृत्यु हुने व्यक्ति धनुषाको विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुष हुन्। उनको मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले जानकारी दिए। उनका अनुसार ती संक्रमितलाई लामो समयदेखि ज्वरो आइरहेको थियो।

सोमबार मात्रै नेपालमा ४ जना संक्रमितको मृत्यु भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित