नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण

Corona_Update

 

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९४८ पुगेको छ ।

पछिल्लो तथ्यांकअनुसार देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार २ सय १ रहेको जनाइएको छ ।

मन्त्रालयद्वारा नियमित आयोजना गरिने कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

पछिल्लो २४ घन्टामा नेपालमा १७१ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । यी समेत गर्दा हालसम्म नेपालमा १६ हजार ६६४ जना डिस्चार्ज भएका छन् ।

 

Comments

Top