काठमाडौंमा १ सय १० सहित उपत्यकामा १ सय ३४ जना संक्रमित थपिए

Corona_Test

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं जिल्लामा मात्र १ सय १० जना नयाँ संक्रमित देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित गरिँदै आएको कोरोना अपडेटमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा काठमाडौं जिल्लामा मात्र १ सय १० जना नयाँ संक्रमित देखिएका हुन् ।

त्यस्तै उपत्यकाकै ललितपुरमा थप १६ र भक्तपुरमा ८ जनामा संक्रमण देखिएसँगै उपत्यकामा पछिल्लो २४ घन्टामा १ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ६ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् ।

Comments

Top