नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८३ पुग्यो

Died_Corona1

काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार धनुषाका २ पुरुष, काभ्रे पाँचखालकी ५० वर्षीया महिला, सिन्धुपाल्चोक बाह्रबिसेका ८४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यससँगै नेपालमा हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८३ पुगेको जनाइएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ६ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म देशभर कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

Comments

Top