कोरोनाबाट नेपालमा पछिल्लो २४ घन्टामा ८ जनाको मृत्यु, हालसम्म देशभर ९१ जनाको मृत्यु

Died_Corona1

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देही, ललितपुर, सुनसरी, सप्तरीमा गरी पछिल्लो २४ घन्टामा ८ जनाको मृत्यु भएको छ ।

काठमाडौंका टेकु निवासी ७८ वर्षीय महिलाको किस्ट अस्पतालमा निधन भएको जनाइएको छ, त्यस्तै धादिङका ३२ वर्षीय ह्याम्स अस्पतालमा, धनुषाका एक व्यक्तिको मेडिसिटिमा, धनुषाकी एक महिलाको पाटन अस्पतालमा, सप्तरीका एक पुरुष, मोरङका एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, कपिलवस्तुका एक पुरुषको बुटवल कोरोना अस्पतालमा, बाराका एक ७५ वर्षीय पुरुषको किस्ट अस्पतालमा निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यससँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ४ सय ८४ जना नयाँ संक्रमित थपिएका छन् ।

Comments

Top