एकैदिन भारतमा अहिलेसम्मकै धेरै संक्रमित, बेलायतभन्दा धेरैको मृत्यु

ind

काठमाडौं । भारतमा एकै दिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित संख्या देखिएका छन् । पछिल्लो २४ घन्टामा ६७ हजार ६६ जना नयाँ संक्रमित देखिएपछि भारतमा हालसम्म २३ लाख ९५ हजार ४ सय ७१ जना संक्रमित पुगेका छन् ।

पछिल्लो २४ घन्टामा ९ सय ५० जनाको मृत्यु भएको भारतमा हालसम्म ४७ हजार १ सय ३८ जना पुगेको छ । जुन संख्या बेलायतमा मृत्यु भएको भन्दा धेरै संख्या हो । यससँगै भारत मृतक संख्यामा पनि चौथो स्थानमा पुगेको छ ।

भारतमा हालसम्म १६ लाख ९५ हजार ८ सय ६० जना उपचारपछि निको भइसकेका छन् ।

भारत संक्रमित संख्यामा विश्वकै तेस्रो स्थानमा र मृतक संख्यामा चौथो स्थानमा रहेको छ । हालसम्म विश्वमा २ करोड ७ लाख ८६ हजार ८ सय ५५ संक्रमित पुगेका छन् भने ७ लाख ५१ हजार ५ सय ६० जनाले ज्यान गुमाइसकेका छन् ।

Comments

Top