काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमित देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालभर ५ सय २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने यससँगै हालसम्म संक्रमित हुनेको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।
त्यस्तै हालसम्म नेपालमा ९५ जनाको मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Comments