नेपालमा थप ५९४ जनामा कोरोना संक्रमण, देशभर संक्रमित संख्या २५ हजार नाघ्यो

Corona_Update

 

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।

मन्त्रालयद्वारा नियमित आयोजना गरिने कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

पछिल्लो २४ घन्टामा नेपालमा २४० जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । यी समेत गर्दा हालसम्म नेपालमा १७ हजार ७७ जना डिस्चार्ज भएका छन् ।

 

Comments

Top