भारतमा एकैदिन ६५ हजार बढी संक्रमित थपिए, हालसम्म २५ लाख बढी संक्रमित

ind

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६५ हजार ६०९ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या २५ लाख २५ हजार २२२ पुगेको हो ।

भारतमा पछिल्लो २४ घन्टामा विश्वमै सबैभन्दा धेरै संक्रमित देखिएका छन् । भारतमा लगातार पछिल्ला एक सातासम्म विश्वमै सबैभन्दा धेरै संक्रमित देखिएका छन् ।

संक्रमितमध्ये अहिलेसम्म १८ लाख ७ हजार ५५६ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ६८ हजार ५३२ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ४९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९९० जनाको मृत्यु भएपछि भारतमा शनिबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ४९ हजार १३४ पुगेको छ ।

 

Comments

Top