दोलखा । दोलखामा शनिबारदेखि लकडाउन गरिएको छ।
कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि दोलखामा आगामी भदौ ६ गतेसम्मका लागि लकडाउन घोषणा गरिएको हो। शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो।
जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का संक्रमित देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।
Comments