काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २६ हजार १९ पुगेको छ ।
मन्त्रालयद्वारा नियमित आयोजना गरिने कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।
हालसम्म नेपालमा १७ हजार २ सय १ जना डिस्चार्ज भएका छन् । त्यस्तै १ सय २ जनाको मृत्यु भएको छ ।
Comments