एसबिआई बैंक भैरहवा शाखाका १२ कर्मचारीमा कोरोना संक्रमण

SBI Bank

भैरहवा । एसबिआईको रुपन्देहीको भैरहवा शाखामा कार्यरत १२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

रुपन्देहीमा शनिबार थप भएका १७ जना कोरोना भाइरसका संक्रमितमध्ये १२ जना बैंकका कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले एउटै कार्यालयमा यति धेरै संख्याका संक्रमित भेटिएको रुपन्देहीमा पहिलो घटना भएको बताए।

 

Comments

Top