विदेशी कोभिड संक्रमितबाट नै उपचार खर्च भराउँदै दक्षिण कोरियाली सरकार

South Korea


सोल । विदेशबाट दक्षिण कोरिया भित्रिएका कोभिड–१९ सङ्क्रमित तथा स्वदेशमा नै रहेका तर नियन्त्रणका उपायलाई उल्लङ्घन गर्ने विरामीले उपचार खर्च आफै व्यहोर्नुपर्ने भएको छ ।

कोरिया सरकारले सोमबारबाट लागु हुने गरी यो व्यवस्था गरेको हो ।

स्वास्थ्य अधिकारीहरूका अनुसार कोरियाले विदेशबाट आएका कोभिड–१९ सङ्क्रमित बिरामीहरूलाई उनीहरूको मेडिकल सेवाको लागत भुक्तान गर्न अनुरोध गर्नेछ ।

यही अगष्ट २४ देखि देशले कूटनीतिक सम्बन्धमा पारस्परिक सम्बन्धको सिद्धान्तलाई ध्यानमा राखेर विदेशीहरूलाई फरक रकम लगाउने दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् ।

अहिलेसम्म दक्षिण कोरियाले स्वदेशी तथा विदेशी सबै कोभिड–१९ विरामीहरुलाई निःशुल्क चिकित्सा सेवाहरु प्रदान गर्दै आएको थियो ।

महामारी लामो समयसम्म अन्त्य नहुँदा करदाताहरुलाई थप भार पर्ने भन्दै सरकारले विदेशी बिरामीहरुलाई बोझ बाँड्न आह्वान गरेको हो । दक्षिण कोरिया यसको निःशुल्क शुल्कको उपचार नीति परिवर्तन गर्दा आउने कूटनीतिक समस्याबारे सचेत रहेको छ ।

यद्यपि समुदायमा सङ्क्रमण नियन्त्रणका लागि अझै पनि भाइरस सङ्क्रमित विदेशीलाई आवश्यकता अनुसार केही वा सबै खर्चमा छुट दिने सरकारी अधिकारीहरूले बताएका छन् ।

दक्षिण कोरियामा विगत पाँच महिना यता आइतबार सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै पुगेको छ । आइतबार सङ्क्रमितको सङ्ख्या २७९ पुगेको थियो भने यो सङ्ख्यामा सोमबार भने सामान्य कमी आउँदा थप १९७ सङ्क्रमित भएका छन् ।

दक्षिण कोरियाको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अहिलेसम्म यहाँ कूल सङ्क्रमितको सङ्ख्या १५ हजार ५१५ पुगेको छ भने ३०५ सङ्क्रमितको मृत्यु भएको छ ।

Comments

Top