उपत्यकामा थप २ सय ५ जनामा कोरोना संक्रमण, देशभर मृतकको संख्या ११२ पुग्यो

Corona_Test

काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो २४ घन्टामा २ सय ५ जनामा कोरोना पुष्टी भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना छन्।

आज देशभर कोरोनाका १ हजार १६ संक्रमित थपिएका छन्। एकै दिन थपिएको यो संख्या हालसम्मकै बढी हो। 

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय १२ पुगेको छ ।

 

Comments

Top