विश्वमा कोरोनाः करिब २ करोड २३ लाख संक्रमित, ७ लाख ८३ हजार बढीको मृत्यु

world-corona

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या करिब २ करोड २३ लाख पुगेको छ । पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा २ लाख ५१ हजार ९४ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म २ करोड २२ लाख ९४ हजार ६ सय २ जना संक्रमित देखिएका हुन् ।

त्यस्तै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ८३ हजार ४ सय २९ पुगेको छ ।

हालसम्म विश्वमै सबैभन्दा धेरै संक्रमित र मृतक अमेरिकामा पुगेका छन् । अमेरिकामा ५६ लाख ५५ हजार ३ सय २८ संक्रमित पुगेका छन् भने १ लाख ७५ हजार ४० जनाको कोरोनाकै कारण ज्यान गइसकेको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म ३४ लाख ११ हजार ८ सय ७२ संक्रमित पुगेका छन् भने १ लाख १० हजार १९ जनाको मृत्यु भइसकेको छ ।

नेपालको छिमेकी मुलुक भारतमा हालसम्म २७ लाख ६६ हजार ६ सय २६ संक्रमित पुगेका छन् । पछिल्लो २४ घन्टामा मात्र भारतमा ६५ हजार २२ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा हालसम्म ज्यान गुमाउनेको संख्या ५३ हजार १४ जना पुगेका छन् ।

त्यस्तै हालसम्म विश्वमा १ करोड ५० लाख ३७ हजार ६ सय ७० जना कोरोनामुक्त भइसकेका छन् ।

Comments

Top