बालुवाटारका एक वृद्धसहित राजधानीमा एकैदिन दुई संक्रमितको मृत्यु

Died_Corona1

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट काठमाडौंमा एकै दिन दुई जनाको मृत्यु भएको छ । राजधानीको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा बालुवाटारका ७६ वर्षीय वृद्धको बिहीबार साँझ मृत्यु भएको जनाइएको छ ।

अस्पताल आएको १ घण्टामै ती पुरुषको निधन भएको सशस्त्र प्रहरी अस्पताल बलम्बुका प्रवक्ता डा. प्रवीन नेपालले बताए । ती पुरुषमा ८ दिनअघि कोरोना संक्रमण देखिएका बताइएको छ । उनी होम आइसोलेसनमा बस्दै आएको र स्वास्थ्य अवस्था जटिल भएपछि अस्पताल ल्याइएको थियो । अस्पताल ल्याउँदाल्याउँदै ती पुरुषको निधन भएको अस्पतालले जनाएको छ ।

यसअघि बिहीबार नै भीमसेनस्थानकी एक महिलाको पनि मृत्यु भएको थियो । ६५ वर्षीया ती महिलाको ठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।

यससँगै उपत्यकामा एकैदिन दुई जनाको मृत्यु भएको छ ।

Comments

Top