विश्वभर २ करोड २८ लाख बढी संक्रमित, ब्राजिलमा मात्र ३५ लाख नाघ्यो

world-corona

काठमाडौं । ब्राजिलमा हालसम्म कोरोना संक्रमितको संख्या ३५ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ४४ हजार ६ सय ८४ जना नयाँ संक्रमित थपिएसँगै हालसम्म ब्राजिलमा ३५ लाख ५ हजार ९७ जना संक्रमित देखिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा १ हजार २ सय ३४ ले ज्यान गुमाएको ब्राजिलमा हालसम्म १ लाख १२ हजार ४ सय २३ जनाको मृत्यु भइसकेको छ । कोरोनाको कारण पछिल्लो २४ घन्टामा विश्वमै सबैभन्दा धेरै ब्राजिलमा मृत्यु भएको छ ।

हालसम्म ब्राजिलमा २६ लाख ५३ हजार ४ सय ७ जना उपचारपछि निको भइसकेका छन् । ब्राजिल संक्रमित र मृतक संख्यामा विश्वकै दोस्रो मुलुक हो । एक लाख भन्दा बढी मृतक हुने विश्वका दुई देशमा ब्राजिल र अमेरिकामा मात्र रहेका छन् ।

अमेरिकामा हालसम्म ५७ लाख ४५ हजार ५२ जना संक्रमित पुगेका छन् भने १ लाख ७७ हजार ३ सय ४५ जनाको मृत्यु भइसकेको छ । हालसम्म विश्वमै सबैभन्दा धेरै संक्रमित र मृतकको संख्या अमेरिकामै रहेका छन् ।

हालसम्म विश्वमा २ करोड २८ लाख ३१ हजार १ सय १७ जना संक्रमित देखिएका छन् भने ७ लाख ९६ हजार २ सय ८१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा मात्र २ लाख ६१ हजार ५ सय १९ जना नयाँ संक्रमित थपिएको विश्वमा ६ हजार ९१ जनाले ज्यान गुमाएका छन् ।

Comments

Top