उपत्यकामा आजैमात्र तीन संक्रमितको मृत्यु

Died_Corona1

 

काठमाडौं । राजधानीमा कोरोना संक्रमणबाट एकैदिन तेस्रो मृत्यु भएको छ । राजधानीको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत ७७ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएसँगै शुक्रबार मात्रै राजधानीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको हो ।

ग्रीनसिटी अस्पतालबाट बिहीबार बलम्बुस्थित अस्पताल लगिएका उनलाई साउन ३२ गते पोजेटिभ देखिएपछि ग्रीनसिटि अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्यमा समस्या आएपछि सशस्त्र अस्पताल लगिएको थियो ।

त्यस्तै शुक्रबार मात्रै ललितपुरको पाटन अस्पतालमा सर्लाहीका एक ४६ वर्षीय पुरुष दोलखाकी ३० वर्षीया युवतीको मृत्यु भएको जनाइएको थियो ।

Comments

Top