भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित थपिए, संक्रमित ३० लाख र मृतक ५६ हजार नाघे

ind

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ३० लाख नाघेको छ । पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमित देखिएसँगै भारतमा हालसम्म संक्रमितको संख्या ३० लाख ४३ हजार ४ सय ३६ पुगेको हो ।

भारतमा पछिल्लो २४ घन्टामा मात्रै ७० हजार ६८ जना संक्रमित देखिएका छन् । जुन अहिलेसम्म एकैदिनमा देखिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।

त्यस्तै भारतमा पछिल्लो २४ घन्टामा ९ सय १८ जनाको मृत्यु भएको छ, त्यससँगै हालसम्म भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ हजार ८ सय ४६ पुगेको छ ।

हालसम्म भारतमा २२ लाख ७९ हजार ९ सय जना उपचारपछि निको भएका छन् ।

Comments

Top