२४ घन्टामा कोरोनाः भारत संक्रमित र मृतकको सूचीमा पहिलो स्थानमा

ind

काठमाडौं । पछिल्लो २४ घन्टामा विश्वमै सबैभन्दा धेरै संक्रमित र मृतकको सूची भारतमा रहेको छ । पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ६१ हजार ७ सय ४९ जना नयाँ संक्रमित थपिएका छन् भने ८ सय ४६ जनाले ज्यान गुमाएका छन् ।

यससँगै भारतमा हालसम्म संक्रमितको संख्या ३१ लाख ५ हजार १ सय ८५ जना पुगेको छ भने ५७ हजार ६ सय ९२ जनाले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म २३ लाख ३६ हजा ७ सय ९६ जना कोरोनामुक्त भइसकेको तथ्यांक सार्वजनिक भइसकेको छ ।

हालसम्म विश्वमा सबैभन्दा धेरै संक्रमितको सूचीमा अमेरिका र ब्राजिल क्रमशः पहिलो र दोस्रो स्थानमा छन् भने भारत तेस्रो स्थानमा रहेको छ । 

अमेरिकामा हालसम्म ५८ लाख ७४ हजार १ सय ४६ संक्रमित छन् भने १ लाख ८० हजार ६ सय ४ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा ३२ हजार ७ सय १८ नयाँ संक्रमित देखिएका छन् भने ४ सय ३० जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ब्राजिलमा हालसम्म ३६ लाख ६ हजार ७ सय ८३ संक्रमित छन् भने हालसम्म १ लाख १४ हजार ७ सय ७२ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म विश्वमा २ करोड ३५ लाख ७७ हजार ६ सय ४९ जना संक्रमित पुगेका छन् भने ८ लाख १२ हजार १ सय ८१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा विश्वभर २ लाख ६ हजार ५ सय ९ जना नयाँ संक्रमित थपिएका छन् भने ४ हजार २ सय ३५ जनाले ज्यान गुमाएका छन् ।

Comments

Top