अमिताभ कोरोनामुक्त भएपछि 'कौन बनेगा करोडपति—१२' को सुटिङ सुरु

a2

 

मुम्बई । कोरोना संक्रमणबाट करिब ३ साताको अस्पताल बसाई पछि घर फर्केका बलिउड अभिनेता अभिताभ बच्चनले कौन बनेगा करोडपति—१२ को सुटिङ सुरु भएको जनाएका छन् ।

पछिल्ला समयमा सामाजिक सञ्जालमा अभ्यस्त एवं अपडेट भइरहने बच्चनले कोरोना कहरकै बीच कौन बनेगा करोडपतिको सुटिङ सुरु भएको जनाएका हुन् ।

बच्चनले हालै इन्टाग्राममार्फत एक तस्बिर सार्वजनिक गर्दै कौन बनेगा करोडपतिका प्रतियोगीहरुले निलो पीपीई सेटमा बज्र दबाईरहेको तस्वीर सार्वजनिक गरेका छन् ।

जुलाई ११ मा कोरोना पुष्टी भएपछि अस्पताल भर्ना भएका बच्चन २३ दिनपछि नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज भएका थिए । उनीसँगै उनका परिवारका चार सदस्यलाई कोरोना पोजेटिभ देखिएको थियो ।

बलिउड नायक अभिषेक बच्चन, नायिका ऐश्वर्या राय बच्चन र उनीहरुकी छोरी आरध्या बच्चनलाई कोरोना देखिएको थियो । उनीहरु सबैजना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

 

Comments

Top