यी हुन् विश्वका 'टप-10' कोरोनाबाट संक्रमित र मृत्यु भएका देशहरु, अमेरिका र ब्राजिल दुवैमा अगाडी

WM

 

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ४० लाख नाघेको छ । पछिल्लो २४ घन्टामा २ लाख ३९ हजार ५ सय ७७ नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वभर संक्रमितको संख्या २ करोड ४० लाख ४२ हजार ५ सय ८१ पुगेको हो ।

त्यस्तै हालसम्म कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या भने ८ लाख २२ हजार ४ सय ८१ पुगेको छ । पछिल्लो २४ घन्टामा विश्वभर ५ हजार ८ सय ९ जनाले ज्यान गुमाएका छन् ।

संक्रमित र मृतक मध्ये हालसम्म सबैभन्दा धेरै अमेरिकामा देखिएका छन् । अमेरिकामा हालसम्म ५९ लाख ५४ हजार ७ सय ९ जना संक्रमित देखिएका छन् भने १ लाख ८२ हजार ३ सय ५७ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । ब्राजिलमा हालसम्म ३६ लाख ७४ हजार १ सय ७६ संक्रमित रहेका छन् भने १ लाख १६ हजार ६ सय ६६ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै नेपालको छिमेकी मुलुक भारत हालसम्म संक्रमितको सूचीमा तेस्रो स्थानमा रहेको छ भने मृतकको सूचीमा भने चौथो स्थानमा रहेको छ । भारतमा हालसम्म ३२ लाख ३१ हजार ७ सय ५४ जना संक्रमित भएका छन् भने ५९ हजार ६ सय १२ जनाको मृत्यु भइसकेको छ ।

भारतमा पछिल्लो २४ घन्टामा ६६ हजार ८ सय ७२ जना नयाँ संक्रमित देखिएका छन् । पछिल्लो एक सातादेखि भारतमा दैनिक रुपमा सबैभन्दा धेरै संक्रमितको संख्या देखिँदै आएको छ ।

त्यस्तै भारतपछि संक्रमित संख्या धेरै हुने देशहरुमा रसिया, दक्षिण अफ्रिका, पेरु, मेक्सिको, कोलम्बिया, स्पेन र चिली क्रमशः चौथो, पाँचौं, छैटौं, सातौं, आठौं, नवौं र दशौं रहेका छन् ।

त्यस्तै कोरोनाकै कारण ज्यान गुमाउनेको सूचीमा भने पहिलो अमेरिका र ब्राजिल दोस्रो स्थानमा रहेको छ । त्यस्तै तेस्रो स्थानमा मेक्सिको र चौथो स्थानमा भारत रहेको छ ।

त्यसपछि बेलायत, इटाली, फ्रान्स, स्पेन, पेरु र इरान क्रमशः पाँचौं, छैठौं, सातौं, आठौं, नवौं र दशौं रहेका छन् ।

Comments

Top