चश्मा वाला गीत सार्वजनिक, कभर भिडियो बनाउनेलाई ५० हजार पुरस्कार

काठमाडौं : ‘नेपाली ठिटोज टिम’को अभिनय तथा विकास सुवेदीको निर्देशनमा बनेको ‘चश्मा वाला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। सुमी चाम्लिङ राईको स्वर रहेको गीतमा डिपी खनालको शब्द र शंकर थापाको संगीत समावेश छ।  भिडियोमा  ‘नेपाली ठिटोज टिम’ का क्याप्टेन सुनिल क्षेत्री भारतीय रियालिटी शो डान्स इन्डिया डान्सका प्रतियोगी हुन्। यसअघि सुनिलको नेतृत्वमा रहेको यो टिमले ‘छुकछुके रेल’ लगायतका गीतमा अभिनय गरेको थियो। यो गीतमा नेपाली ठिटोजलाई सन्ध्या भट्टराईले साथ दिएकी छिन्। काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा म्युजिक भिडियो सार्वजनिक गरिएको थियो। उक्त कार्यक्रममा यस गीतको कभर भिडियो प्रतियोगिताको बारेमा पनि जानकारी गराइयो। कभर भिडियोबाट एक टिमले ५० हजार नगदसहित नयाँ म्युजिक भिडियोमा काम गर्ने अवसर पाउनेछन्। साउन १५ गतेभित्र ‘चस्मा वाला’ को गीतमा भिडियो बनाएर पठाउनुपर्ने निर्माण पक्षले जनाएको छ।

यस्तो बन्यो चस्मावाला

https://www.youtube.com/watch?v=BI97a4oXtN0

Comments

Top