छिमेकीकाे नियतिः भारतमा कोरोना संक्रमित संख्या ३३ लाख नाघे, ६० हजारबढीको मृत्यु

ind

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख नाघेको छ भने कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि ६० हजार नाघेको छ ।

भारतमा पछिल्लो २४ घन्टामा देखिएको संक्रमित संख्या एकैदिनमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो ।

पछिल्लो २४ घण्टामा ७५ हजार ९९५ जना संक्रमित भएसँगै भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ३३ लाख ७ हजार ७४९ पुगेको हो । त्यस्तै १ हजार १७ जनाको मृत्यु भएसँगै हालसम्म भारतमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ६० हजार ६ सय २९ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म २५ लाख २३ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९५ हजार ४०० जनाको उपचार भइरहेको छ ।

संक्रमितको यो संख्या विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो भने कोरोनाकै कारण ज्यान गुमाउनेमा विश्वकै चौथो स्थानमा रहेको छ ।

Comments

Top