कोरोनाका कारण ज्यान गुमाउनेमा भारत तेस्रो स्थानमा, संक्रमित संख्या ३४ लाख ६१ हजार बढी

U_B_I

 

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन ७६ हजार भन्दा बढी संक्रमित देखिएका छन् । गत एकसातादेखि भारतमा लगातार रुपमा ७० हजार भन्दा बढी संक्रमित देखिँदै आएका छन् ।

पछिल्लो २४ घन्टामा ७६ हजार ६ सय ६५ नयाँ संक्रमित थपिएसँगै भारतमा हालसम्म ३४ लाख ६१ हजार २ सय ४० संक्रमित पुगेका छन् । त्यस्तै गत २४ घन्टामा १ हजार १९ जनाले कोरोनाका कारण ज्यान गुमाएको भारतमा हालसम्म ६२ हजार ७ सय १३ जनाको मृत्यु भएको छ । जुन संख्या अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

हालसम्म विश्वमा सबैभन्दा धेरै संक्रमित र कोरोनाका कारण ज्यान गुमाउनेको मुलुकमा अमेरिका र ब्राजिल क्रमशः रहेका छन् भने त्यसपछि तेस्रो स्थानमा भारत पुगेको छ ।

हालसम्म अमेरिकामा ६० लाख ९४ हजार ८ सय ७४ जना संक्रमित छन् भने १ लाख ८५ हजार ८ सय ८९ जनाको मृत्यु भइसकेको छ , त्यस्तै ब्राजिलमा ३८ लाख १२ हजार ६ सय ५ जना संक्रमित पुगेका छन् भने १ लाख १९ हजार ५ सय ९४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै भारतपछि संक्रमित हुनेमा रसिया रहेको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको सूचीमा मेक्सिको रहेको छ ।

Comments

Top