पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पाेखराका एक संक्रमित पुरुषको मृत्यु

Gandaki

कास्की । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं. १४ घर भएका ५८ वर्षीय पुरुषको शनिबार मृत्यु भएको जनाइएको छ ।

अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसियूमा उपचाररत् उनलाई भदौ ७ गते पेटमा आन्द्रा बटारिएको भन्दै भर्ना गरि सोही दिन अपरेशन गरिएको थियो ।

अपरेसनपश्चात उनको स्वाब परीक्षण गर्दा भदौ १० गते कोरोना संक्रमण देखिएको थियो।

कोरोना संक्रमण देखिएपछि उनलाई सोही दिन कोभिड–१९ उपचार केन्द्रको आइसियूमा राखेर उपचार गरिएको डा। आचार्यले बताए।

शनिबारको समेत गरे उक्त अस्पतालमा हालसम्म ७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने गण्डकी प्रदेशभरी १२ संक्रमितको मृत्यु भइसकेको छ ।

Comments

Top