विश्वभर संक्रमित संख्या २ करोड ५१ लाख नाघ्यो, ८ लाख ४५ हजार बढीको मृत्यु

world-corona

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५१ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा २ लाख ५६ हजार एक सय ८५ नयाँ संक्रमित थपिएसँगै विश्वमा हालसम्म २ करोड ५१ लाख ५५ हजार ७ सय ८० जना संक्रमित पुगेका छन् ।

त्यस्तै कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८ लाख ४५ हजार ९ सय ५६ जनाको मृत्यु भएको छ ।

विश्वमा सबैभन्दा धेरै संक्रमित र मृतक क्रमशः अमेरिका, ब्राजिल र भारतमा रहेका छन् । हालसम्म अमेरिकामा ६१ लाख ३९ हजार ७६ संक्रमित पुगेका छन् भने १ लाख ८६ हजार ८ सय ५५ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै ब्राजिलमा ३८ लाख ४६ हजार ९ सय ६५ जना संक्रमित देखिनुका साथै १ लाख २० हजार ४ सय ९८ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा पनि ३५ लाख ३९ हजार ७ सय १२ जना संक्रमित पुगेका छन् भने ६३ हजार ६ सय ५७ जनाको मृत्यु भइसकेको छ । भारतमा पछिल्लो २४ घन्टा ७८ हजार ४ सय ७२ जना नयाँ संक्रमित देखिएका छन् ।

Comments

Top