आईएमएस र एनएमबी बैंकबीच सम्झौता

IMS

काठमाडौं । मोबाइल प्रदायक कम्पनी आईएमएस र एनएमबि बैंक लिमिटेडबीच मोबाइल फोनको खरीदमा शुन्य प्रतिशत मासिक किस्तामा (ईएमआईमा) कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा आईएमएसका तर्फबाट प्रबन्धक–सेल्स एण्ड अपरेशन नारायण प्रसाद भुषाल र एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंङ्किङ रोशन रेग्मीले हस्ताक्षर गरेका थिए । उक्त अवसरमा भुषालले कम्पनीले हरेक नेपालीलाई प्रविधिसँग अपडेट राख्न आफूहरुले गरेको प्रयासमा एनएमबी बैंकले साथ दिएकोमा आभार समेत व्यक्त गरे ।

यसअन्तर्गत एनएमबिका ग्राहकहरुले सामसङ मोबाइलको आधिकारीक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरुको खरीदमा ‘एनएमबि सुलभ किस्ता’ योजनाअन्तर्गत ९ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् ।

 

Comments

Top