विश्वभर ४ सय १६ नेपालीको मृत्यु, ७३ हजार २ सय ६२ संक्रमित

corona_Nepa

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विश्वभर ४ सय १६ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीहरुको निधन भएको हो । समितिका अनुसार यो साता बेलायतमा १ जना र युएईमा २ जनाको ज्यान गएको हो । त्यस्तै नेपालमा हालसम्म २२१ जनाको मृत्यु भएको जनाइएको छ । त्यससँगै हालसम्म विश्वभर ४ सय १६ नेपालीको मृत्यु भएको जनाइएको छ ।

स्वास्थ्य समितिका संयोजक डा। संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो ।

हाल सम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै पछिल्लो तथ्यांकअनुसार नेपालमा ३८ हजार ५ सय ६१ जना संक्रमित थपिएका छन् । यससँगै विश्वभर हालसम्म कोरोनाबाट ७३ हजार २ सय ६२ जना संक्रमित देखिएका छन् ।

Comments

Top