कोरोनाबाट भारतीय पूर्वराष्ट्रपति मुखर्जीको निधन

Pranab

नयाँदिल्ली ।  भारतका पूर्ब राष्टपति ८४ बर्षीय प्रणब मुखर्जीको निधन भएको छ । उनको छोरा अभिजित मुखर्जीले टवीटमा जनाएअनुसार उनको निधन भएको छ ।

अस्पतालमा भर्ना भएपछि उनलाई कोरोना पोजिटिभ भएको पाइएको थियो । उनी पाचदशक सम्म भारतीय राजनीतिमा रहेका थिए ।

उनलाई भारतरत्न समेत मिलेको थियो । उनी भारतीय काग्रेसका बरिष्ट नेता समेत थिए । 

उनको भारतीय सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको जनाइएको छ ।

1 Abhijit

उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । त्यस्तै भारतलगायत विश्वका राजनीतिक नेताहरूले पनि उनको निधनमा दुःख व्यक्त गरेका छन् । 

 

Comments

Top