नेपालका उच्च घरानियामा पनि छिर्यो कोरोना, विनोद चौधरीदेखि डा. भोला रिजालसम्म संक्रमित

1_Corona_1

 

काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण बढी रहेको छ । नेपालमा पछिल्ला दिनमा समुदायमा फैलिएको मानिएको कोरोनाका कारण सामान्य र निम्नस्तरीय व्यक्तिहरुसँगै उच्च घरानियाहरुमा पनि कोरोना संक्रमण देखिन थालेको छ ।

पछिल्लो क्रममा स्वास्थ्य क्षेत्रमा खटिएका व्यक्तिहरुलाई संक्रमण देखिन थालेको छ । यसै क्रममा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भोला रिजाललाई कोरोना संक्रमण भएको जनाइएको छ ।

डा. रिजाललाई ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा पोजेटिभ देखिएको जनाइएको छ । उनका साथी उनकी पत्नी सरला रिजालको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । उनीहरु दुवै जना अहिले ह्याम्पस अस्पतालको आईसोलेसनमा बसिरहेको जनाइएको छ ।

नेपालमा सोमबार मात्रै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण देखिएको छ । उनी आप्mनी पत्नीसहित ग्रान्डी अस्पतालमा पीसीआर परिक्षण गर्दा संक्रमित भएको रिपोर्ट आएको जनाइएको छ । उनकी पत्नीको भने नेगेटिभ आएको जनाइएको छ ।

त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे, उद्योगपति एवं कांग्रेस सांसद विनोद चौधरीलगायतलाई यस अघि नै कोरोना भईसकेको पुष्टी भएको छ ।

त्यस्तै वीरगञ्ग महानगरपालिकाका नगरप्रमुखलाई पनि कोरोना संक्रमण देखिएको थियो, यद्यपी उनी अहिले कोरोनामुक्त भइसकेका छन् ।

त्यस्तै देशका विभिन्न प्रदेशका मन्त्री एवं प्रदेश सांसदहरुमा पनि कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै नेपाली कांग्रेसका नवलपुरका जिल्ला सचिव बालकृष्ण घिमिरेलाई पनि कोरोना संक्रमण देखिएको छ । त्यस्तै  विभिन्न अदालतका न्यायाधीशहरूलाइ पनि संक्रमण देखिएको छ । 

त्यसअघि पूर्वमन्त्री एवं सांसद मोहनबहादुर बस्नेतका पितामा पनि मृत्युपछि कोरोना पुष्टी भएको थियो ।

त्यस्तै नेपालका सुरक्षाकर्मीहरूमा पनि कोरोना संक्रमण देखिएको छ । त्यस्तै जनप्रतिनिधि पनि संक्रमित भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित