हो, म एक्लिएको मान्छे...

GGG_1

 

जीवन यसरी चल्दै थियो जुन रफ्तारको घडीमा चल्नु पर्ने थियो । त्यो सँगै मेरो अनी हजारौं मानिसको जीवन सुख दुःखले चलिरहेको बेला आज एउटा परिवर्तन बाधक बनेर, हजारौंको जीवनको गोरेटोमा अदृश्य पर्खाल बनिरहेको छ। त्यो सँगै म पनि उसको नियतीमा फस्न बाध्य भएँ, अनि बन्द कोठामै थुनिन बाध्य भएको छु।

हो हजारौंको रोजीरोटी गुम्यो, हजारौंका आफन्त गुमे, हजारौं टुहुरा बने, गरिबीले हजारौंलाई भोकै बनायो,  हजारौंका आँखामा आँशुको भेल छुट्यो, हजारौं अस्पतालको सैयामा छटपटाइ रहेका छन् यो त केबल दुनियाँको पीडा बनिरहेको छ।  यसरी अल्मलिएको संसार अनि मेरो देश पनि यसैमा रुमल्लिइरहेको छ।

त्यसै भित्र म आफू रुमल्लिन बाध्य भएको छु, महिनौं भैसकेको छ आफन्त, घरपरिवार, साथीभाइहरु सबैबाट टाढिएको छु । सबैको आँखामा उदाउन सकेको छैन, पलपल परिवारप्रति सम्झनाका पलहरुले सताइरहेको छ। अनि विशेष गरी सँगै बाँचौंला, सँगै रमाऔंला र सँगै आँशु बगाउँला भनेर जन्मघरबाट गोत्र सारेकी मेरी उनीसँग सामीप्यताको अभाव । साँच्चै अत्यास लाग्दो छ ।

जन्म भुमि नफर्किएको नी महीनौ भैसक्यो मेरो रसाएका आखामा मलम लगाइदीने कोहि पनि भेटेको छैनकिनकि म आज यो शहरको बन्द कोठामा बसिरहेको छु।

घरपरिवार को यादले छाती चर्किएको हुन्छ, एक्लै भक्कानिएको छु तैपनि सम्झाउने कोही हुँदैन केबल आफ्नो मुहार ऐनामा हेर्छु अनि म त शिक्षित ब्यक्ति होनी भन्दै आफुलाइ सम्झाउने कोशिश गर्छु, तैपनी मन मान्दैन अनि हजारौं कुरा मनमा खेलाउँदै, रात दिन हप्ता अनि महिना बिताइसकेँ । अझ कति दु:ख पाउनु छ ? सोच्दै जसोतसो दिनहरु काटिरहेको छु।

हरेक महिना चाडपर्व आइरहेका हुन्छन् । छिमेकीको भान्सामा मीठा मीठा खाने कुरा पकाएको थाहा पाउँछु अनि आफुले एक गेडा आलुमा केही सब्जी मिलाएर खाएको छु। बस, यसरी दिनरात एक्लिएर बस्दाको पीडा, अनुभव जीवनमा पहिलो पटक अंगाल्दै आँखाभरी आँशु समाल्दै घर परिवारमा पोख्न पाउने दिन कुरिरहेको छु।

Comments

Top