रसियामा संक्रमित संख्या १० लाख नाघ्यो, १७ हजारबढीको मृत्यु

Russia

 

काठमाडौं । रसियामा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ४ हजार ७ सय २९ जना संक्रमित देखिएको रसियामा हालसम्म संक्रमितको संख्या १० लाख ४८ जना पुगेका छन् ।

रसियामा हालसम्म १७ हजार २ सय ९९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा १ सय २३ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ ।

कोरोना संक्रमितको सूचीमा भारतपछि चौथो स्थानमा रहेको छ । संक्रमित मध्ये ८ लाख १५ हजार ७ सय ५ जना कोरोना मुक्त भइसकेका छन् ।

पछिल्ला दिनमा भारतबाहेक अन्य मुलुकहरुमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।

 

Comments

Top