देशभर कोरोनाका कारण थप १२ जनाको मृत्यु, मृतक संख्या २५१ पुग्यो

Died_Corona1

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार गत २४ घन्टामा ६ बालिका र ६ पुरुषसहित १२ जनाको मृत्यु भएको जनाइएको छ ।

मन्त्रालयका अनुसार यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा ११२० जना नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्म देशभर ४१ हजार ६  सय ४९ जना संक्रमित देखिएका छन् भने ती मध्ये २३ हजार २ सय ९० जना संक्रमण मुक्त भएको पनि जनाइएको छ ।

पछिल्लो २४ घन्टामा १ हजार १ सय १२ जना कोरोना संक्रमण मुक्त भएको पनि जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित