जुम्लाका प्रजिअ थापालाई कोरोना संक्रमण

Corona_Test

जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार बिहान परीक्षणका लागि स्वाब दिएका थापाको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो । उनले भने, ‘जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेशन अनुमगन गर्दा कोरोना पुष्टि भयो ।’

प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावलले बताए । स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित