अर्बपति उद्योगी विनोद चौधरी कोरोनामुक्त

1binod

 

काठमाडौं । नेपालका एकमात्र अर्बपति व्यापारी एवं सांसद विनोद चौधरी कोरोना संक्रमणमुक्त भएका छन्।

चौधरी स्वयंले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू कोरोना मुक्त भएको बताएका हुन् । उनलाई १० दिन अघि कोरोना संक्रमण देखिएको थियो ।

उनले सामाजिक सञ्जालमार्फत् आफ्नो स्वास्थ्यको बारेमा चिन्ता लिने सबैप्रति माया दर्शाएका छन् । उनले लेखेका छन्, ‘तपाईंहरूको उत्कट माया र प्रेरणाले मलाई १० दिनसम्मको एकान्तवासमा ठूलो ऊर्जा दियो। त्यही ऊर्जाकै कारण म आज कोरोनाको संक्रमणबाट मुक्त भएको छु’ उनले लेखेका छन्‚ ‘मैले जीवनमा तपाईंहरूजस्ताव आफन्त‚ इष्टमित्र‚ साथिभाइ र शुभेच्छुक कमाएको रहेछु। यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महशुस गर्छु। यहाँहरूको यस्तै माया पाइरहूँ।’

Image

 

प्रतिक्रिया

सम्बन्धित