मुस्कानको 'मुस्कान'का लागि मन्त्री भट्टराईको साथ

yogesh

 

काठमाडौं । मुस्कान खातुन । गत वर्ष भदौकै महिना। वीरगञ्जकी मुस्कान खातुनका लागिसबैभन्दा दुःखद महिना । विद्यालय जाँदै गर्दा दुई युवाले एसिड प्रहार गरेर घाइते भइन् । बिहान करिब ६ बजेको समयमा भएको यो घटनामा परी मुस्कानको शरीरको अधिकांश भाग जलेपछि उपचारका लाग काठमाडौं ल्याइए उपचार गरियो । कहिल्यै नमेटिने बाहिरी दाग र कहिल्यै बिर्सन नसक्ने भित्री दाग लिएर जीवनमा आफ्नो नामको सार्थकता प्रमाणित गर्ने अभियानमा छिन्, उनै मुस्कान ।

उनको नामलाई वास्तविक जीवनमा सार्थकता तुल्याउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता जनाएलगत्तै मूर्तरुप दिन लागेका छन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई । यसै क्रममा भट्टराईले आफ्नो जन्म दिनका अवसरमा उनै मुस्कानलाई भेटेर मुस्कानको उच्च शिक्षाको लागि सहयोग गरेका छन् ।

Yogesh_1

 

मन्त्री भट्टराईले आफ्नो जन्म दिनका अवसरमा मुस्कानको उच्च शिक्षाका लागि एक महिनाको पारिश्रमिकमा कर र लेबी कटाएर सहयोग गर्ने गरेका छन् । भट्टराईले सोही क्रममा मुस्कानको डाक्टर बन्ने आकांक्षालाई पूरा हुने शुभकामना समेत दिएका छन् ।

मुस्कानलाई सहयोग रकम हस्तान्तरणपछि मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गर्दै लेखेका छन्, ‘गत माघ महिनामा होटल हायातमा आयोजना भएको एक भब्य कार्यक्रममा मुस्कान खातुनसँग भेट हुन पुग्यो । केही समय पहिले उहाँमाथि एसिड प्रहार भएको थियो । त्यो समाचार विभिन्न संचार माध्यमबाट सार्वजनिक भएपछि मैले थाहा पाएको थिएँ । हायातको कार्यक्रममा बहिनी मुस्कानको बुलन्द भाषणमा सहभागीहरुले तालीको गडगडाहावटले मुस्कानलाई उत्साहित बनायो । जब मञ्चमा मैले मुस्कानलाई सम्मान गर्ने मौका पाए उहाँको उच्च शिक्षाका लागि आफ्नो तर्फबाट केही सहयोग गर्ने बचन दिएको थिएँ । आज मेरो जन्मदिन तिनै मुस्कान र उनी जस्तै असह्य पीडामा रहेका मुस्कानहरुमा समर्पित गर्न चाहन्छु् । बहिनीको शिक्षाका लागि मैले प्राप्त गर्ने एक महिनाको पारिश्रमीकमा कर र लेबी कटाएर सहयोग गरेको छु । केही दिन अघि मात्र प्रधानमन्त्रीज्यूले मुस्कानलाई बालुवाटरमा बोलाएर उहाँको शिक्षाको ब्यवस्था मिलाउने बचन दिनु भएको छ । मुस्कानलाई डाक्टर बन्ने इच्छा छ बहिनी मुस्कान तपाईको डाक्टर बन्ने आकांक्षा पुरा हुनेछ ।

हार्दिक शुभकामना

yyy

प्रतिक्रिया

सम्बन्धित