बलिउड अभिनेता अर्जुन कपुरमा कोरोना संक्रमण

arjun_1

 

 

काठमाडौं । बलिउडका अभिनेता अर्जुन कपुरमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

उनले आइतबार इन्टाग्राममार्फत् आफूमा कोरोनाभाइसको संक्रमण देखिएको बताएका हुन्।

अहिले उनी आफू ठिक भएको र कुनै संक्रमणको लक्षणसमेत नदेखिएको बताएका छन्।

'मलाई कोरोनाभाइरसको संक्रमण देखिएकोबारे सबैलाई जानकारी गराउनु मेरो जिम्मेवारी हो। मैले ठिकै महशुस गरिरहेको छु र कुनै लक्षण देखिएको छैन,' उनले लेखेका छन्। त्यसका साथै आफू होम आइसोलेसनमा बसिरहेको पनि उनले जनाएका छन् ।

 

Comments

Top