देशभर कित्ताकाट खुल्यो, प्लटिङ व्यवसाय फस्टाउने !

platting

 

काठमाडौं । नेपालमा गत ३ वर्षदेखि बन्द रहेको कित्ताकाट खुलेको छ । भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयले २०७४ सालदेखि बन्द रहेको कृषियोग्य जग्गाको कित्ताकाट खुलेको जानकारी गराएको छ ।

मन्त्रालयका प्रवक्ता जनकराज जोशीले भू–उपयोग नियमावली जारी भई भू–उपयोग नक्सार तयार गरी स्थानीय तहलाई हस्तान्तरण भएपछि लागू हुनेगरी हालका लागि कित्ताकाट गर्न अनुमति दिइएको बताए ।

यससँगै कृषियोग्य जमिनलाई प्लटिङ गरी बिक्री क्रम बढ्ने अनुमान गरिएको छ । कृषि योग्य जग्गाको खण्डीकरणसम्बन्धी भएका पूर्वनिर्णयहरू बदर गरिएको मन्त्रालयले जानकारी दिएको छ।

विगत ३ वर्षदेखि नेपालका सहरी क्षेत्रका कृषियोग्य जमिनलाई प्लटिङ गरेर घडेरीका रुपमा विकास गरिने परिपाटी केही हदसम्म रोकिएको भए पनि अब भने पुनः सुरु हुने अनुमान लगाउन सकिन्छ ।

 

Comments

Top