कृषि प्रधान मुलुकमा कृषकको दुर्दशा !

shalik

 

नेपाल एक भुपरिवेस्ठित मुलुक हो, यहाँका करिब ८०% मानिसहरू कृषि पेसामा लागेका र उनिहरुको परम्परा गत पेशा नै कृषि हो भन्ने कुरा हामी सुन्दै लेख्दै पढ्दै र देख्दै आयका हौ, यति सुन्दर प्राकृतिक भुमिमा हामी जन्म लिन पाउँदा हामिलाई गर्बको अनुभूति हुन्छ ।

देश कोभिड-१९ को संक्रमणले चुर्लुम्म डुबेको छ, आर्थिक बर्षको सुरुवातमै चिनबाट सुरु भएको यो । भाईरस बिश्वब्यापी रुपमै महामारिको रुपमा फैलिरहेको छ, स्वदेस तथा बिदेश मा लाखौ नेपाली को प्रत्यक्ष अपरतक्ष्य रुपमा रोजगारी गुमेको छ । देशको खेतियोग्य जमिन बर्सेनि बाझिने क्रम बढेको छ, बिदेशबाट आयका ब्यक्तिहरु यतिबेला बेरोजगार बसिरहेको अबस्था छ । नेपालमा कृषि को उत्थान को लागि संघ प्रदेश र स्थानीय तह देखिनै विभिन्न साना देखि ठुला आयोजना हरु संचालित छन् ।

कृषि क्षेत्रको बिकासको लागि विभिन्न पहलहरु पनि भईरहेका छन् तर सरकारको नीति तथा कार्यक्रम ले अपेक्षित सफलता हासिल गर्न सकेको छैन ।सरकारले प्रतेक बर्ष आफ्नो नीति तथा कार्यक्रम मा प्राथमिकरणमा कृषिलाई राखेता पनी मुलुकलाई आथिक समृद्ध बनाउने किसिमबाट काम हुन सकेको छैन । कृषि हाम्रो परम्परागत पेशा र हाम्रो कृषि प्रणाली पनि परम्परागत शैलीमा नै हुने हुनाले तेस्तो परिबर्तन ल्याउन नसक्ने ठोस योजना पनि सरकारसँग नभएको हुनाले पुरानै योजनालाई निरन्तरता दिएको हामी सबैलाई सर्बबिबिदै छ । योजना बनाउने र त्यसलाई कार्यान्वयनको पक्षमा ल्याउन नसक्नु ले नै हाम्रो देशको कृषि क्षेत्र पछाडि परेको हो।

कृषिप्रधान देशमा कृषक लाई धेरै समस्याहरु छन् समयमा मल बीउ नपाउनु यदि उत्पादन नै भैहाले पनि तेस्ले उचित बजारीकरण नपाउनु, उपयुक्त बजार नपाएर कतिपय उत्पादन भएका बस्तुहरु पनि कुहिएर जाने अबस्थामा पुगेका छन्। विभिन्न समस्या हरु ले गर्दा किसान हरु लाई हौसला मिल्नुको सट्टा निराशातर्फ धकलिएका छन् ।

दक्षिण कोरिया जस्तो हालको बिकसित मुलुकलाई कुनै बेला खाद्यान्न सहयोग गर्ने देशको आज यो दुर्दशा आएको छ ।कृषिमा व्यापक क्रान्ती ल्याउँछु भन्ने भाषण छाँट्ने हाम्रा नेताहरु उत्पादन क्षमता बढाउने ब्यबसायिकारण गर्ने पक्षमा कुनै तेस्ता पहलहरु गर्न नसक्नु नै हाम्रो लागि गम्भीर विषय बनेको छ ।हाल नेपालमा जारी लकडाउनको कारण मुख्य अन्नबाली धानको लागि सबैभन्दा आबस्यक पर्ने युरिया मलको चरम अभाव भयको छ । किसानहरु चिन्तित भएका छन्। बर्खे धान गोडेर युरिया मोल राख्ने समयमा मल अभाव हुनु निकै दुर्भाग्य को कुरा हो।

मल पाउने आसले कोरोना कहरमा पनि आफ्नो बर्षभरी खाने धानको लागि किसानहरू भिडभाडमा घन्टौ पालो कुरेर बस्न बाध्य छन् । सरकारले समयमा मल उपलब्ध गराउन नसकेको कारण यदि मल पाईहाले पनि उनिहरुले आफ्नो आबस्यकता अनुसार पायका छैनन् । नेपालमा हालसम्म मल आयात गर्नु पर्ने अबस्था छ, हालसम्म पनि कृषिप्रधान मुलुकमा एउटा पनि मल उत्पादन गर्ने कारखाना नहुनु नै दुर्भाग्य  हो । मल उत्पादन गर्ने कारखाना अहिलेको मुख्य आवश्यकता हो । यसको लागि, सरकारले पनि ठोस बजेट बिनियोजित गरि नेपालमै उत्पादन गरि कृषकलाई समयमै उपलब्ध गराउन बाताबरण सृजना गराउन पर्दछ । कृषकलाई उचित बजारिकरणको प्रबन्ध गर्न तीन तहकै सरकार मिलेर अगाडी बढ्नु पर्दछ, कृषकको उत्पादनको उचित मूल्य तोकेर कृषकको उत्थानको लागि आबस्यक कार्यक्रम अगाडि बढाउनु पर्दछ।

कोभिडको संक्रमण बेरोजगार भैई स्वदेशफर्कियका नेपालिलाईयतिबेला कृषिमा लगाएर आबस्यक मल बीउ साथै अन्य आबस्यक सामग्रीहरु सहजतापुर्बक समयै उपलब्ध गराई कृषिमा आधुनिकिकरण र यान्त्रिकिकरण को प्रयोग गरि स्थिर सरकार भयर उचित बजारिकरण ब्यबस्था गरि आबस्यक बजेट सबै तहबाट बिनियोजन गरेर उचित परामर्श दिई किसानलाई हौसला दिएर बैज्ञानिक तरिकाले ब्यबस्था गरि सरकारले प्रबन्ध गरे देशको आर्थिक स्थिती र बेरोजगारि कमि हुने थियो कि?

 

Comments

Top