काेरोना संक्रमणबाट देशभर थप ६ जनाकाे मृत्यु, मृतक संख्या ३०६ पुग्यो

Died_Corona1

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार गत २४ घन्टामा १ महिला र ५ पुरुषसहित ६ जनाको मृत्यु भएको जनाइएको छ ।

मन्त्रालयका अनुसार यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा ९०२ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्म देशभर ४८ हजार १ सय ३८ जना संक्रमित देखिएका छन् ।

पछिल्लो २४ घन्टामा २२८७ जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म ३२ हजार ९ सय ६४ जना डिस्चार्ज भएका छन् ।

Comments

Top