कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण

sasanka

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ ।

कांग्रेस नेता कोइरालाको सोमबार स्वाब परिक्षण गरिएकोमा मंगलबार उनको रिपोर्ट आउँदा पोजेटिभ आएको जनाइएको छ ।

कोरोना पोजेटिभ देखिएपछि उनी अहिले होम आइसोलेसनमा बसिरहेको जनाइएको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ । 

यसअघि कोइरालालाई ज्वरो आएपछि कोरोनाको आशंकामा ह्याम्स अस्पतालमा स्वाब दिइएको थियो ।

यस्तै, कोइरालाका परिवार तथा सुरक्षाकर्मी गरी १९ जनाको स्वाब ललितपुरस्थित स्टार अस्पतालमा परीक्षणका लागि दिइएको थियो ।

Comments

Top