विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो

world-corona

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर ९ लाख ८ सय ५८ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म २ करोड ७७ लाख २१ हजार ४ सय ३७ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ती संक्रमितमध्ये १ करोड ९८ लाख ८ हजार ६ सय १४ जना कोरोना मुक्त भइसकेका छन् ।

पछिल्लो २४ घन्टामा विश्वभर २ लाख ४० हजार ३ सय ८४ जना नयाँ संक्रमि थपिएका छन् भने ४ हजार ३ सय २ जनाले ज्यान गुमाएका छन् ।

विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ६५ लाख १३ हजार ६ सय ७८ संक्रमित देखिएका छन् भने १ लाख ९४ हजार १४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ३७ लाख ९२ हजार ९९ जना कोरोना मुक्त भइसकेका छन् । पछिल्लो २४ घन्टामा अमेरिकामा २८ हजार ८ जना नयाँ संक्रमित देखिएका छन् ।

त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा हालसम्म ४३ लाख ६७ हजार ४ सय ३६ जना संक्रमित पुगेका छन् । भारतमा पछिल्लो २४ घन्टामा ८९ हजार ८ सय ५२ नयाँ संक्रमित देखिएका छन् भने १ हजार १ सय ७ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा ७३ हजार ९ सय २३ जनाको ज्यान गइसकेको छ ।

भारतपछि ब्राजिलमा हालसम्म ४१ लाख ६५ हजार १ सय २४ जना संक्रमित छन् भने १ लाख २७ हजार ५ सय १७ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।

 

Comments

Top