२४ घन्टामा थप ६ जना संक्रमितको मृत्यु, मृतक संख्या ३१२ पुग्यो

Died_Corona1

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार गत २४ घन्टामा ३ महिला र ३ पुरुषसहित ६ जनाको मृत्यु भएको जनाइएको छ ।

मन्त्रालयका अनुसार यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ८१ जना नयाँ संक्रमित थपिएका छन् भने ९ सय १८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

Comments

Top